Incident Reports

प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

2020-08-09

Gandaki, Gorkha, Gorkha

गोरखा क्याम्पसमा आंशिक रुपमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आंशिकबाट करार गर्न माग गर्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाई समितिले तालाबन्दी गरेका समिति उपाध्यक्ष मेनुका सुवेदीले बताईन्।   

गोरखा क्याम्पसमा रहेका २३ जना आंशिक प्राध्यापक उक्त आन्दोलनमा सहभागी छन्। यस अघि धर्ना बसेर आन्दोलन गर्दै आएका आंसिक प्राध्यापकहरुको माग सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको उनले बताईन। सोमबार लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ। लामो समयदेखि आन्दोलन गर्दै आएको र अहिले सम्म माग सुनुवाई नभएको गुनासो आंशिक प्राध्यापकहरुको छ। गत साउन ११ गतेदेखि १६ गते सम्म क्याम्पसमा धर्ना समेत दिएका थिए। समान कामको समान ज्याला दिनुपर्ने माग सहित देशभरका आंगिक क्याम्पसका आंशिक प्राध्यापकहरु  आन्दोलनमा उत्रिएका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments