Incident Reports

फेरी कल्याणपुरमा कुटिए दलितहरु

2020-08-30

Madhes, Siraha, Kalyanpur, Ward 3

सिरहा — सिरहा कल्याणपुर नगरपालिका वडा ३ प्रसाही टोलका युवाहरु र दलित महिलामाथि गैर दलित युवाहरुले कुटपिट गरेका छन् ।

भदौ १४ गते राति ११ बजे वडा ३ स्थिति प्रसाही टोलमा रहेको दलित वस्तीमा नगरपालिका मेयरका भतिजाको नेतृत्वमा आएको गैर दलितहरुको टोलीले वस्तीमा रहेका युवाहरु र महिलामाथि कुटपिट गरेका हुन् ।

गैर दलित युवाहरुबाट कुटपिट गर्दा पाँच जना घाईते बनेका छन् । कुटपिटबाट भोला महराका २५ वर्षीय देवशरण महरा ,१९ वर्षीय राजु देवि महरा , ४५ वर्षीय देब्रेन महरा र वर्ष ४० वर्षीय सानो देवि महरा घाईते बनेका छन् । रातिको वेला विष्णुदेव मण्डलको २६ वर्षीय छोरा विकरू मण्डलको१९ वर्षीय छोरामाथि संघातिक हमला गरेका थिए । कुटपिट गर्ने कल्याणपुर नगरपालिकाका निलम्वित मेयर सुर्यनाथ मण्डलका भतिज रहेको जानकारी घाइते भोला महराले दिए ।

कुटपिटबाट घाइते भएको राजुदेवि महरालगायतको उपचार नजिकको दुर्गा हेल्थ क्लिनिक कल्याणपुरमा उपचार भईरहेको छ । दलित समुदायमाथि भएको घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग दलित दलित अधिकारकर्मीहरुले गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 5
Female Injured 2
Youth Injured 1
National/Online Media

0 Comments