Incident Reports

कञ्चनपुरमा प्रहरीद्धारा पत्रकारमाथि दुर्व्यवहार

2020-09-02

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीः कञ्चनपुरमा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको छ। बुधबार राती पत्रिका छपाईका लागि छापाखाना जादै गर्दा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकमा कार्यरत पत्रकार डिबी बोहरामाथि डिउटीमा खटिएका प्रहरीले दुर्व्यवहार गरेका हुन्।

बोहराले प्रहरीले आफूमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेको बताए। ‘रातिको १२ बजेको थियो। पत्रिका छपाईका लागि छापाखाना जादै थिए। प्रहरीले राती कता हिडेको भन्दै थर्काए।’ बोहराले भने, परिचय पत्र देखाउँदा उल्टै नक्कली पत्रकार भनेर जथाभावी गाली गरे।’

उनले आफूमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि कारवाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने अबेर राती बजारमा हिडेको देखेपछि डिउटीमा खटिएका प्रहरीले समान्य सोधपुछ गरेको बताए। उनले पत्रकार भएकै आधारमा बोहरामाथि दुर्व्यवहार नभएको तर गलत बुझाईका कारण समस्या हुनु पुगेको जनाए।

यता नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले भने प्रहरीबाटै पत्रकार बोहरामाथि दुर्व्यवहार गरिएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कञ्चनपुर शाखाका सचिव अमरबहादुर चन्दले बोहरामाथि भएको दुर्व्यवहारको घटनाले कोरोना महामारीकाबीच पनि अहोरात्र आम नागरिकलाई सुसुचित गर्न खटिएका पत्रकारको मनोबल गिराउने र अपमान गर्ने काम भएको जारी विज्ञप्तीमा उल्लेख गरेका छन्।

महासंघले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments