Incident Reports

बलात्कार आरोपमा गौशालाका एक जना प्रहरी पक्राउ

2020-09-07

Bagmati, Kathmandu, Kathmandu

२२ भदौ, काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेत अनलाइनखबरलाई बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।

‘अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।

म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments