Incident Reports

भक्तपुरमा जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु

2020-10-08

Bagmati, Bhaktapur, Changunarayan, Ward 8

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । 

सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह पसलमा आएका दुईजनाले वियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए ।  चन्द्र जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे । 

घरबाट करिब ५ सय मिटर माथि ईट्टभाट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे । निर्घात कुटेर बेहोस बनाएपछि चन्द्रले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागे ।  उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा बिहीबार बिहान चन्द्रको मृत्यु भएको हो । हत्यामा संलग्नको खोजी भइरहेको महाशाखाका एसएसपी थापाले बताए । उनले भने–‘कुटपिटमा संलग्नहरुलाई खोज्दैछौं ।’


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports