Incident Reports

दलितमाथि अत्याचार : चोरी आरोपमा निर्घात कुटपिट

2020-10-10

Madhes, Mahottari, Bhangaha, Ward 4

महोत्तरी : महोत्तरीमा दुई व्यक्तिमाथि चोरीको आरोपमा निर्घात भएको छ। गत शनिबार भंगाहा नगरपालिका–४ स्थित बिर्तामा स्थानीय मल्हु सदा र बिन्देश्वर सदामाथि चोर भन्दै स्थानीय कृपाल महतो र उनका छोरा दिनेशले कुटपिट गरेका हुन्।

कृपालु महतोको घरमा गत शनिबार करिब २ बजे राति घरको पछाडि भागमा सुरुङ खनी चोरी भएको थियो। घरबाट दिनेश महतोको श्रीमतीको नाकमा भएको सुनको बुलाकी चोरी भएको थियो । उनका श्रीमतीका अनुसार घरमा कोइ नभएका बेला आएको थियो। साथै उनले चोरलाई आफूले राम्रोसँग चिन्न पनि नसकेको बताएकी थिइन्।

पीडित बिन्देश्वर मल्हुले भने आफूहरुले चोरी नगरेको बताएका छन्। आफूहरु माछा मार्न गएको र फर्किएपछि करिब ४ बजे बिहान घरभित्रै पसेर उनीहरुले कुटपिट गरेको बताएका छन्।

आफूहरुलाई मोटरसाइकलमा राखी लगेर बाँधेर निर्घात कुटपिट गरिएको उनले दुखेसो पोखे। गढीमाई समुदायक हस्पिटल सीतापुरमा उनीहरुको उपचार भइरहेको चिकित्सक अशोक यादवले बताए। पीडितहरुले महतोविरुद्ध प्रहरी चौकी सीतापुरमा उजुरीसमेत दिएका छन्। अहिले सम्म प्रहरीले घटनाको छानबिन र अपराधीलाई समात्न सकेको छैन।

केही दिनअघि मात्रै भंगहा नगरपालिका–५ का मुसरहरलाई मेयरका भाइले कुटपिट गरेका थिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports