Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-08-10

Lumbini, Rupandehi, Omsatiya, Ward 1

 ३१ वर्षीया सुस्तमनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–१ का ६० वर्षिय टेकबहादुर गुरुङविरुद्ध कात्तिक ७ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २६ गते बलात्कार गरेको र कसैलाई नभनन धम्की दिएको भनी पीडित महिलाले कात्तिक ७ गते अभिभावकको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन् । 

पीडित महिलाले दिएको उजुरीका आधारमा जबरजस्ती करणीसम्बन्धी कसुरमा कारवाही अगाडि बढाएकोे र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले फोनमार्फत बताउनुभयो । 

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments