Incident Reports

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ

2020-11-19

काठमाडौं – टिकटकमा भिडियो बनाएर अपलोड गरी चर्चामा आएकी निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा निकिशालाई दुर्व्यवहार गरेको भिडियो अपलोड गरेका विशेष जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुरको टौमढीबाट पक्राउ गरी साइबर ब्यूरोलाई बुझाएको हो ।

निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

मोटरसाइकलमा सवार युवाले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिले यो भिडियो खिचेको हो या होइन भन्ने अझै पुष्टि भइसकेको छैन । अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक भएको भिडियो निकिशालाई बाटोमा हिँडिरहेका बेला युवाले जिस्काउँदै अपमानजनक शब्द प्रयोग गर्छ । आफू दुर्व्यवहारमा परेपछि निकिशाले ती युवालाई लखेट्न खोजेको भिडियोमा देखिन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Violence against sexual minority groups (LGBTI)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments