Incident Reports

वृद्ध भत्तामा पनि राजनीति : नगरपालिका घेराउ गर्न पुगे ज्येष्ठ नागरिक !

2020-11-25

Bagmati, Bhaktapur, Madhyapur Thimi

भक्तपुर, ११ मंसिर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकले घेराउ गरेका छन्। दसैंअघि नै दिनुपर्ने सामाजिक सुरक्षाभत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गरेका हुन्।

अग्रज समाज नेपालको पहलमा ज्येष्ठ नागरिकले नगरपालिका कार्यालय घेरेका हुन्। उनीहरुले छिटोभन्दा छिटो आफूहरुलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन माग गरेका छन्।

नपाले सामाजिक सुरक्षाभत्ता उपलब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महाप्रसाद पराजुलीले चेतावनी दिए। उनले बिहीबार पनि नगरपालिका घेराउ जारी रहने सुनाए।

बिहीबारको लागि ज्येष्ठ नागरिकले टाउकोमा कात्रो बाँधेर एकोहोरो शंख फुक्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ।

देशभरका नगरपालिका र गाउँपालिकाले दसैंअगावै सामाजिक सुरक्षाभत्ता वितरण गरे पनि मध्यपुर थिमि नपाले अहिलेसम्म भत्ता वितरण गर्न सकेको छैन। नपाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकाहरुलाई चालू आर्थिक वर्षको साउनदेखिको सामाजिक सुरक्षाभत्ता वितरण गरेको छैन।

नपाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले गर्दा ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन्।

नपाले चालू आर्थिक वर्षको चौमासिक भत्तावापत करिब ३ करोड रुपैयाँ वितरण गर्न बाँकी छ।

ज्येष्ठ नागरिकहरुले नगरपालिका घेराउ गर्नुअघि नगर प्रमुखलगायतलाई भेटेर छिटोभन्दा छिटो भत्ता उपलब्ध गराउन ध्यानाकर्षण गरेको थियो। ध्यानाकर्षणसँगै गएको शनिबार संघर्षका कार्यक्रम तय गर्न ज्येष्ठ नागरिकहरुको भेला आयोजना गरिएको थियो।

उक्त भेला भएकै बेला मेयर श्रेष्ठले प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठमार्फत गएको सोमबारसम्म भाखा मागेका थिए। मेयर श्रेष्ठले सोमबारभित्र नपाका नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने र त्यसलत्तगै सामाजिक सुरक्षाभत्ता वितरण थाल्ने वचन दिएका थिए।

मेयरले २ दिनको भाखा मागेकोमा ज्येष्ठ नागरिकहरुले एकदिन थपेर मंगलबारसम्म समय दिएको समाजका अध्यक्ष पराजुलीले जानकारी दिए। भेलाले मंगलबारसम्म नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नआए बुधबारदेखि चरणबद्ध आन्दोलन गर्न निर्णय गरेको र सोही आधारमा बुधबार नपा घेराउ गरिएको उनले बताए।

उनले ज्येष्ठ नागरिकहरुको संविधानप्रदत्त अधिकार हनन गर्ने अधिकार जनप्रतिनिधि र कर्मचारीहरुलाई नभएको भन्दै आवश्यक परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , CSO/NGO
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments