Incident Reports

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

2020-12-31

Madhes, Sarlahi, Kabilasi, Ward 8

कबिलासी नपा–७ का २२ वर्षीय महेश पासवनलाई जातीय विभेद गरेको आरोपमा कबिलासी नपा–८ का ३६ वर्षीय रामपृत ठाकुरविरुद्ध पीडितले इलाका प्रहरी कार्यलय हरिपुरमा दिएको उजुरी पुस २७ गते दर्ता भएको छ ।

ठाकुरले जातीय विभेद र अपमान गरी धम्की दिएको भन्दै न्यायको लागि इलाका प्रहरी कार्यालय हरिपुरमा पुस २० गते दिएको उजुरी प्रहरीले पुस २७ गते मात्रै दर्ता गरेको पीडित पासवानले बताउनु भयो ।

कबिलासी नपा–८ का ३६ वर्षीय सुजितकुमार ठाकुरको घरमा पुस १६ गते आयोजना गरिएको छठियारको भोजमा निम्तो पाएर भोज खान पुग्नु भएका पासवानलाई आरोपितले जातीय विभेद तथा छुवाछूतजन्य व्यवहार गरेको पीडितको आरोप छ ।

‘तँ तल्लो जातको भएर हामीसँग किन बसिस्, तेरो हैसियत हामीसँग बसेर खाने होइन बाहिर गएर बस् भन्दै आँगनबाट हटाएर विभेद गरे ।’–पीडित पासवाले भन्नु भयो ।

जिल्लाका दलित अधिकारकर्मीहरूको पहलमा लिखित उजुरी दर्ता गरिएको नेपाल राष्ट्रिय दलित सामाज कल्याण सङ्घ सर्लाहीका संयोजक राजेश पासवानले बताउनु भयो ।

कुटपिट नगरिएको र आफूसँग अलि टाढा भएर बसिदिनु पर्‍यो भनेको मात्र हो, अरु केही नभनेको तथा धम्की नदिएको आरोपित ठाकुरको भनाइ छ ।

पीडितले उजुरी दिए पश्चात घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर विक्रम साहले जानकारी दिनु भयो ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Secondary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
INSEC

0 Comments