Incident Reports

जाजरकोटमा दलित समुदायको विवाहमा गैरदलितको भोज चल्दैन

2021-01-17

जाजरकोट- जिल्लाको अधिकांश ठाउँमा अहिले पनि दलित समुदायको विवाहमा गैरदलितको भोज चल्दैन । उनीहरु मुख्य देउता रिसाउने भम्रले दलित समुदायमा विवाहमा सरिक हुने मात्रै गर्छन् । जस्तो सुकै परिस्थितीमा पनि भोज खाना मान्दैनन् ।

जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीले केही समय पहिले गैरदलित समुदायसंग भातृत्वको सम्बन्ध जोडे । उनीहरु रतनबहादुरको छिमेकीमा जिउँदाको जन्ती मर्दाको मलामीसम्म बन्छन् । तर भोज खाना भने मान्दैनन् । केही समय पहिले उनको जेठो छोराको मृत्यु भयो । उनले भातृत्व जोडेका गैरदलित समुदायका मानिस उनका छोराको शुद्धि कार्यमा आए ।

उनीहरुले खाना खानुभन्दा पनि चाउचाउ,चिउरा चल्छ, भात चल्दैन भन्दै त्यसैमा छाक टारे । गैरदलितको विवाह रतनबहादुर लगायत वरपरमा छर छिमेकी उनीहरुको काममा व्यस्त हुन्छन् । दाउरा ल्याउने ,भाँडा धुने वरपरमा वातावरण सरसफाई लगायतका काम गर्छन । तर उनीहरुको भान्सामा भने पस्न पाउँदैनन् । रतनबहादुर दुखेसो गर्दै भनेर्, श्रम चल्छ, सीप चल्छ बस यति पानी चल्दैनन् । ’ रतनबहादुर एउटा उदाहरण पात्र मात्र हुन ।

उनी जस्तै जिल्लाका अधिकांश ठाउँमा यो नयाँ कुरा होइन । जुनीचाँदे गाउँपालिकाका एक स्थानीयले दुखेसो गर्दै भनेर्, हाम्रो गाउँपालिकामा पनि कम छैन ।, उनीहरु हाम्रो विवाहमा आउने कुरा पनि भएन्, उनीहरु बोलाउँदा पनि आउँदैनन् ।’ जानकारहरुका अनुसार जाजरकोट जिल्लामा केही समय यता जातीय छुवाछुत कम भए पनि अझै विवाहमा भोज खाने, घर भित्र पस्ने, लगायतका कुरा अझै गाडिएर बसेका छन् । छेडागाड नगरपालिकाका प्रकाश चदाराको गाउँमा पनि उस्तै समस्या छ । उनले भनेर्, विवाहमा सरिक हुन पनि पछिल्लो समयका पिडी आएपनि अघिल्लो पुस्ताका मानिसहरु भोज चल्ने त सपना हो । आउन समेत मान्दैनन् ।’

विभेद सकिन अघिल्लो पुस्ता सकिनुपर्छ : वुद्धिजीवी

मानिसभित्रको विभेद अन्त्य गर्न अघिल्लो पुस्ता सकिनु पर्नेमा वुद्धीजिवीको जोड छ । जिल्लाका अधिकांश ठाउँका वुद्धिजिवीहरुले अघिल्लो पिढीका मानिसहरुको अन्त्यपछि समाजमा विभेद हट्नेमा उनीहरुको जोड छ । बारेकोट गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कर्णे कामी वडाध्यक्ष मात्र होइनन् लामो समयदेखि वुद्धिजिवी, समाजसेवी पनि हुन ।

उनले भनेर्, मानिस -मानिस वीच हुने विभेद अन्त्य गर्न अघिल्लो पुस्ता सकिनुपर्छ ।’ अनि मात्र विभेद अन्त्य हुन्छ । पछिल्लो समयका यूवाहरुमा कुनै पनि विभेद हुदैन् अझ पुराना मानिसका कारण यो सर्ने शंका भएको उनको भनाई छ ।

पण्डितको काम गर्दैनन् बाह्रमणले

गैरदलित समुदायको विवाहमा सरिक हुने बाह्रमण समुदाय दलित समुदायको विवाह, शुद्धिकार्यका सरिक समेत हुदैनन् । हिन्दु धर्मअनुसार विवाहमा लगन जुर्याउनेदेखि मृत्युमा शुद्धिकार्य हुने सम्म पण्डितले काम गर्छन । तर दलित समुदायको विवाहमा बाह्रमणहरु बोलाउँदा सम्म आउँदैनन् । नआएपछि उनीहरुले पहिलेदेखि नै आफ्नै समुदायभित्र बाह्रमण राख्ने व्यवस्था गरेको बारेकोट गाउँपालिका २ का धनरुपे कामीले बताए । उनले भनेर्, हामी पहिलेदेखि नै बाह्रमणको काम आफै गछौँ ’, किनकी बोलाउँदा पण्डितहरु आउन मान्दैनन् के गर्ने ।’

फरक फरक गोत्र फरक छुट्याएर बाह्रमण राख्ने गरेको उनको भनाई छ । कानुनी रुपमा वि.स. २०२० सालमा अन्त्य भएको जातीय विभेद अहिलेसम्म हाम्रो समाजमा कायम हुनु हामी परिवर्तन नभएको देख्न सकिन्छ । दश बर्षे जनयुद्धबाट दलित समुदायमा केही रुपमा जातीय छुवाछुत कम भएको छ ।

मानिसभित्रको विभेद अन्त्य गर्न आर्थीक ,सामाजिक,संस्कृतिक रुपमा अन्त्य हुनुभन्दा भित्र मनदेखि नै परिवर्तन भयो भने जातीय विभेदको जडा उखेल्न नसकिएला ? मानिस भित्रको मस्तिष्क परिवर्तन भयो भने कम हुने जानकारहरु बताउँछन् ।

National/Online Media

0 Comments