Incident Reports

प्रतिनिधिसभा विघटनको ट्रेड युनियन कांग्रेसद्वारा विरोध प्रदर्शन

2021-02-06

Province 1, Udayapur, Triyuga

बेल्टार/माघ २४। प्रतिनिधिसभा विघटनको विरोधमा ट्रेड युनियन कांग्रेस, उदयपुरले शनिबार गाईघाटमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनपश्चात विरोध प्रदर्शनमा उत्रिएको कांग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ५ वर्षसम्मको जनताको म्याण्डेटलाई ३ वर्षमै अन्त्य गरेको भन्दै यसलाई पुनस्र्थापना गर्न मागसहित पुस महिनादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

देशव्यापी रुपमा रहेको विरोध प्रदर्शनमा उदयपुरमा पनि बिभिन्न पार्टी आवद्ध १५ ओटा भन्दा बढी भातृ संगठनहरुले गाईघाटमा विरोध ¥याली गरिसकेका छन् ।

उनीहरुले यसलाई ओली सरकारको असंवैधानिक र प्रतिगमन कदम भनेका छन् । यस कदमले नेकपा सरकार जनताहरुको विश्वासबाट हटिसकेकोसमेत वक्ताहरुले बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर शनिबार साङ्केतिक विरोध प्रदर्शन गरिएको हुन् ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ,

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो ।

विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments