Incident Reports

हुम्लाको रेडियो श्रीनगरमा तोडफोड

2021-04-16

Karnali, Humla, Adanchuli, Ward 2

अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन्।शुक्रबार बेलुका रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाले बताए। ।

रेडियोमा राखिएको ब्याट्री फुटाएको, भर्‍याङ भाँचेको, तारहरु चुडालेको, छतका दाँतीहरु फालेर त्यहाँ राखिएका अन्य सामाग्रीहरुसमेत तोडफेड गरिएको थापाले जानकारी दिए।उनका अनुसार रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै कर्मचारीहरु बाहिर रहेको अवस्थामा इन्टरनेट नखोलेको भन्दै तोडफोड गरिएको हो।

वर्ल्ड लिंक कम्युनिकेशनले गाउँपालिका, सामुदायिक विद्यालय, स्वाथ्यचौकीहरुमा निःशुल्क इन्टरनेट सेवा वितरण गरेपनि त्यहाँ रहेको जनता बैंक र रेडियोहरुलाई निःशुल्क बितरण नगरेको थापाले बताए ।उनले भने, ‘स्थानीय युवाले वडा कार्यालय, गाउँपालिकाजस्तै रेडियोको इन्टरनेट पनि निःशुल्क हो। इन्टरनेट खुला छोडनु पर्छ भन्दै तोडफोड गरे।’

घटनाको थप छानबिनका लागि रेडियो श्रीनगरले श्रीनगर प्रहरी चौकीलाई उजुरी गरेलगतै आरोपितहरुलाई नियन्त्रणमा लिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले बताए।

प्रहरीले अदानचुली गाउँपालिका–२ श्रीनगरका २१ वर्षीय महेश महतारा, २५ वर्षीय सुवास भण्डारी, २३ वर्षीय जय महतारा र २८ वर्षीय देवीलाल महतारालाई नियन्त्रणमा लिएको छ।रेडियो सञ्चालन भएको स्थान सदरमुकाम सिमकोटबाट तीन दिनको पैदल दूरीमा रहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments