Incident Reports

आफूले बनाएकाे समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्षकाे नेतृत्वमा गाउँपालिकामा ताला

2021-04-28

Bagmati, Sindhupalchok, Balefi, Ward 2

सिन्धुपाल्चोक – 

सिन्धुपाल्चोकको बलेफी गाँउपालिका २ का अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे छ । वडा कार्यालय भवन निर्माणका लागि दुई वटा उपभोक्ता समिति बनेपछि आफूले बनाएको उपभोक्ता समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे ।  

यस वडाको कार्यालय भवन निर्माणका लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । त्यस समितिमा आफू निकटको व्यक्ति नपरेको भन्दै गाउँपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद सुरु भएको थियो ।

वडामा परेका योजनामा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गरिने त्यहीअनुसार समिति निर्माण गर्दा गाउँपालिकाले हस्तक्षेप गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभएको छ । सर्वपक्षीय भेला गरेर समिति निर्माण गरेकाले समिति निर्माण गर्दा आफूले कुनै पूर्वाग्रह नराखेको उहाँकाे भनाइ छ ।

लामो समयदेखि विवाद भएपछि बुधवार (आज) गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतकाे कार्यकक्षमा ताला लगाइएकाे हाे ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments