Incident Reports

महोत्तरीमा पत्रकार चौधरीमाथि दुव्र्यहार, दोषीलाई कारबाही गर्न महासंघको माग

2021-05-27

Madhes, Mahottari, Jaleswor, Ward 5

द पब्लिक टुडे बर्दिवास, जेठ १३ गते । महोत्तरीमा एक पत्रकार माथि दुव्र्यहार भएको छ । एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीको संचार समाग्री नियन्त्रणमा लिएर सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले फुटेज डिटिल गरेर दुव्र्यहार गरेका छन् । 

जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान गरेको भिडियो खिचेको पत्रकार चौधरीको उपभोक्त समितिका अध्यक्ष समेत रहेका रायले मोवाईल खोसेर समाग्री डिलिट गरेका हुन् ।

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए ।

किन सडकको भिडियो र फोटो खिचेको ? तुरुन्त डिलिट गर भन्दै रायले पत्रकार चौधरीलाई धाकधम्की र गाली गलौज गरी मोबाईल खोसेर संचारसमाग्रीे डिलिट गरिदिएका थिए ।

पत्रकार चौधरीमाथि उपभोक्त समितिका अध्यक्ष रायले संचार समाग्री नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरिदिएको घटनाको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर निन्दा र भत्सर्ना गरेको छ ।

महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना महासंघलाई किमार्थ स्वीकार्य नरहेको उल्लेख छ ।

घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् । रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

रायको अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ ।

रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायिरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडजाड माग समेत गरेको छ ।

......................

गुणस्तरहीन कामको भिडियो खिचेका पत्रकारमाथि दुर्व्यवहार

जनकपुरधाम : महोत्तरीमा एक पत्रकारमाथि दुर्व्यवहार भएको छ। भिडियो खिचिएको भन्दै एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीको संचार सामग्री नियन्त्रणमा लिई लिएर डिलिट गर्न बाध्य पारिएको छ।

जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेका पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष संजीव कुमार रायले मोबाइल खोसेर समग्री डिलिट गरेका हुन्। अध्यक्ष राय पूर्वप्रहरी हुन्।सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो। बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए।

फोटो र भिडियो खिचिरहेको देखेपछि उपभोक्ता समितिका अध्यक्ष रायले पत्रकार चौधरीलाई धम्याक्याउँदै 'किन सडकको भिडियो र फोटो खिचेको? तुरुन्त डिलिट गर' भन्दै हातपात गरी मोबाइल खोसेर संचारसमग्री डिलि‍ट गरिदिएका थिए।पत्रकार चौधरीमाथि उपभोक्ता समितिका अध्यक्ष रायले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर निन्दा र भत्सर्ना गरेको छ।

महासंघ सचिव राजकरण महतोले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदाहुदै रायले मोबाइल थुतेर फोटो र भिडियो डिलेट गरी पत्रकारमाथि हातपात गरेको घटनाको भत्सर्ना गरेका छन्। घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ।महासंघद्वारा जारी विज्ञप्तिमा दोषीलाई आवश्यक कानुनी कारबाहीका दायरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरिएको छ।          

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments