Incident Reports

चुरे दोहनको विरोध गर्ने नेविसंघका महामन्त्रीसहित ९ जना पक्राउ

2021-06-06

Bagmati, Kathmandu, Tokha

काठमाडौं : चुरे दोहनको विरोध गर्ने नेविसंघका महामन्त्री दिपक भट्टराईसहित नौ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने निर्णयविरुद्ध राजधानीको गोंगबुमा प्रदर्शन गर्ने नेविसंघका नौ जनालाई प्रहरीले गिरफ्तार गरेको हो।

..

कामामाडौं । चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेताहरू पक्राउ परेका छन् ।सामाखुसीस्थित गोङ्गबु चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा महामन्त्री दीपक भट्टराई सहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा व्यापार घाटा कम गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने रणनीति लिइएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments