Incident Reports

गाउँ छाड्न भन्दै सिन्धुपाल्चोकमा दलित परिवारमाथि निर्घात कुटपिट

2021-06-02

 सिन्धुपाल्चोक— सिन्धुपाल्चाेकमा एक दलित परिवारमाथि हमला भएको छ।

जुगल गाउँपालिकाको ध्यादुममा हरि नेपालीको परिवारलाई स्थानीयले ढुङ्गामुढा गरी कुटपिट गरेको हुन्। करिब २० वर्षदेखि ध्यादुममा बस्दै आएका नेपाली परिवारीलाई टोलका स्थानीयले दलित भएर माझाँ-गाउँमा बसेको भन्दै पटक–पटक बसाइँ सर्न दबाब दिदै आएका थिए।

सोही बाहानामा गत बुधबार स्थानीय गोविन्द श्रेष्ठ र श्रीमती ललिता श्रेष्ठले कुटपिट गरेको पीडित नेपालीले बताए। नेवार बस्ती रहेको उक्त गाउँमा एउटा मात्रै दलित परिवार रहेको छ।

बस्तीको बीचमा रहेका उनको परिवारले छोइछिटो हुने भन्दै स्थानीयले बारम्बार बसाइँ सार्न धम्कीसमेत दिदै आएको पीडितले बताए। ‘पहिलेदेखि नै तिमीहरु दमाई माझाँ गाउँमा नबस् भन्दै धम्काउथे। अस्ति साँझ त आएर हाम्रो घरमा ढुङ्गामुढा नै गरे र श्रीमतीमाथि झम्टिए’, पीडित गोविन्द नेपालीले भने। दलित भएकै कारण लामो समयदेखि पीडा सहदै आएका उनीहरुले कुटपिटपछि धम्की आएकाे कारण प्रहरीमा उजुरी गरेका थिएनन्।

तर स्थानीय युवाको सहयोगमा आइतबार मात्रै प्रहरीमा उजुरी गरेको स्थानीय सुशिल नेपालीले बताएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दर्ता गरेका हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Threat/intimidation
Weapons Other
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments