Incident Reports

सिन्धुलीमा ओली र महतोको पुत्ला दहन

2021-06-07

Bagmati, Sindhuli, Sunkoshi

बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने महतोले दिएको अभिव्यक्ति र कोरोना महामारीको समयमा बढेको महँगी फिर्ता माग गर्दै प्रधानमन्त्री ओलीको कांग्रेसले सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन गरेको हो । उनीहरुले केही बेर बीपी राजमार्गमा चक्का जाम गरेका थिए ।

कोरोना संकटका बेला महँगी बढेको, चुरे उत्खनन् गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको विरोध र महतोले मन्त्री भएलगत्तै बहुराष्ट्र र बहुराज्य बनाउने भनी दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

पुत्ला दहन र सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएपनि कुनै अप्रिय घटना नभएको कांग्रेस नेता बोधविक्रम थापाले जानकारी दिए । बीपी राजमार्ग यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments