Incident Reports

सरकारविरूद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

2021-06-08

Bagmati, Kathmandu, Kathmandu, Ward 10

सरकारविरूद्ध प्रदर्शन गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्।काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका नेविसंघ कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारे बजेटमा समावेश गरेका कार्यक्रम फिर्ता लिन माग गरिएको छ।सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ढुंगा, गिटी र बालुवा निकासी गर्दै व्यापार घाटा कम गर्ने उल्लेख थियो।

यस्ता निर्णयले चुरे दोहन हुने भन्दै नेविसंघ विरोधमा उत्रिएको छ।नेविसंघ नेताहरू सञ्जिव ढकाल, मनिष खड्का क्षेत्री, रमेश खड्का, सम्राट क्षेत्रीलगायतलाई प्रहरीले पक्राउ गरेकोले विनाशर्त छिटो रिहाइ गर्न भट्टराईले माग गरेका छन्।सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारेको निर्णय फिर्ता नलिएसम्म प्रदर्शन र विरोधका कार्यक्रम नेविसंघले जारी राख्ने पनि महामन्त्री भट्टराईले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments