Incident Reports

सविता भण्डारी र राउटे युवतीले न्याय पाउनुपर्ने भन्दै बालुवाटारमा प्रदर्शन (तस्वीर) « News24 : Premium News Channel

2021-06-09

काठमाडौं । महिला अधिकारकर्मीहरुले लोपोन्मुख राउटे समुदायका दुई युवती र चितवनकी सविता भण्डारीले न्याय पाउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।महिला अधिकारकर्मीहरुले बालुवाटारमा पीडितलाई न्याय र पिडकलाई कडा सजायको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र महिला अधिकारकर्मीको समूहबीच केहीबेर तनाव उत्पन्न भएको थियो । प्रदर्शनमा सहभागी सबैलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

केही दिन पहिले सुर्खेतमा केही युवाहरुले राउटे समुदायका दुई युवतीमाथि यौन दुव्र्यवहार गरेको अश्लिल भिडियो बाहिरिएको थियो, भने चितवनकी सविताको आत्महत्या नभएर हत्या भएको भन्दै आफन्तहरुले न्यायका लागि गुहार मागेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments