Incident Reports

पेन्सन रकम लुट्न ७९ वर्षीय वृद्धको हत्या

2021-06-12

Province 1, Panchthar, Phidim, Ward 4

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो।इङ्वाको टाउको र शरीरका विभिन्न ठाउँमामा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए। उनकी श्रीमती शारीरिकरूपमा अशक्त छिन्।

सासूससुरा भेट्न मृतककी बुहारी आइतबार बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान सुरु गरेको छ।मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन्। गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेका स्थानीयले बताएका छन्।

.........

पाँचथर सदरमुकाम फिदिम नजिकै जोरसालमा ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्यामा संलग्न व्याक्तिलाई प्रहरी पक्राउ गरेको छ । जेठ २९ गते राती घरमै हत्या भएको अवस्थामा फेला परेका लिम्बुको हत्यामा संलग्न व्यक्तिलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको हो ।

पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापाका अनुसार फिदिम–२ पल्लाटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो । बुधवार जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धानको काम अघि बढार्ईएको डिएसपि थापाले जानकारी दिए ।

जोरसाल बजार नजिकै सडक छेउकै घरमा भएको हत्याको घटनालाई चासो र चिन्ताका साथ हेरिएको थियो । घटना स्थलमा पर्याप्त प्रमाण नहुँदा अनुसन्धानमा समस्या भएको थियो । प्रहरीले घटना भए लगत्तै धरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो । प्रदेश प्रहरी व्यूरो टोली समेत परिचालन भएको थियो । पर्याप्त प्रमाण नभएकको तथा मृतककी श्रीमती शारिरिक रुपमा अशक्त भएका कारण अनुसन्धानमा समस्या भएको थियो ।

लिम्बुको घरमै बाम्फोक प्रहार गरी हत्या भएको खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यान्त्रिक कार्यालय फिदिमका सुरक्षा गार्डको रुपमा रहेकोे पाइएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परको श्रेष्ठसँग लिम्बुको साँध सिमानाको विषयमा पटक पटक विवाद हुने गरेको खुल्न आएको छ । घटना भएको दिन खेतमा धानको ब्याड राख्न जादा पानीको विषयमा झगडा परेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटना भएको राती ७ः३० बजेको समयमा श्रेष्ठ खेतमा जादा लिम्बुले पानी लगेको पाएपछि रिसको आवेकमा आएर हत्या गरेको प्रहरीलाई बताएका छन् ।

हत्यामा प्रयोग भएको बामफोक, सोते तथा श्रेष्ठले लगाएको लुगा लगायतका सबुत प्रहरीले जुटाएको छ । समान्य नागरिकको जीवन विताईरहेका लिम्बुको के कारणले हत्या भएको हो भन्ने विषय चासोका साथ हेरिएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments