Incident Reports

नागरिकता नपाउँदा निराश :: Setopati

2021-06-13

Nepal

गणेशमान सारनाथ नगरपालिका–३ धनुषाका इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि उनको परिवार चिन्तामा डुबेको छ।

घोराही उपमहानगरपालिका–१८ दाङका मोहम्मद फारुकीलाई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले रजिष्ट्रेशन दर्ता गर्न नै नागरिकता माग गर्‍यो। बाबुको जन्मसिद्ध र आमाको अङ्गीकृत नागरिकता भए पनि उनले नागरिकता पाउन सकेका छैनन्।

क्रिकेट खेलमा विशेष रूची राख्ने फारूकीले १६ वर्षमुनिको क्रिकेट प्रतियोगितामा भाग लिन पनि नागरिकताको प्रमाण पत्रले रोक्यो। बाबुले सामान्य व्यापार व्यवसाय गरेर परिवारको जीविकोपार्जन भइरहेको छ। परिवारको जेठो छोरा भएकाले तत्काल रोजगारी खोज्नुपर्ने उनको बाध्यता छ। नागरिकता नहुँदा आत्महत्या गर्नुको विकल्प नै देख्न छोडेको उनले सुनाए।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा यही जेठ १७ गते संशोधन भई जेठ २४ गतेको नेपाल राजपत्रमा सार्वजनिक नेपाल नागरिकता (दोस्रो) संशोधन नियमावली, २०७८ मा नागरिकता नपाएकाले जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान राखिएको छ । अभिभावकको नागरिकता नहुनेका बालबालिकाको जन्मदर्तासमेत नहुने गरेकाले यो प्रावधान समस्या पार्ने मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए।


National/Online Media

0 Comments

Related Trend Analysis