Incident Reports

मटिहानी नगरपालिकामा तालाबन्दी

2021-06-23

Madhes, Mahottari, Matihani

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आज एकातिर नगरसभा भइरहेको बेला अर्कोतिर पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ नै नगरी नगरपालिकाको कार्यालयभन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नगर अध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले आज दिउँसो मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

पाँच दलका नेताहरुले प्रमुख मण्डलले विभिन्न आर्थिक अनियमितता गरेको र मनोमानी रुपमा योजना छनोट गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जयकुमार चौधरीले नगर प्रमुखले गरेका अनियमितताविरुद्ध बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरी दिइसक्दा पनि कुनै कारबाही नभएको बताए । यता आजै दिउँसो नगर प्रमुख मण्डलले वडा नं. ८ मा अवस्थित राष्ट्रिय संस्कृत माध्यमिक विद्यालयको सभाहलमा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments