Incident Reports

पुनर्निर्माण प्राधिकरणका कर्मचारीकाे प्रदर्शनमा प्रहरी धरपकड, ५० जना भन्दा धेरै पक्राउ

2021-06-25

Bagmati, Kathmandu, Kathmandu, Ward 11

असार ११, २०७८

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत कर्मचारीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।आफ्ना विभिन्न मागहरु पूरा गर्न भन्दै प्रदर्शनमा उत्रिएका बेला उनीहरुलाई माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो।प्रदर्शनमा सहभागी मध्ये झण्डै ५० जनालाई प्रहरीले पक्राउ गरेर लगेकाे छ।

प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको अगुवाईमा उनीहरु प्रदर्शनमा उत्रेका थिए।यसअघि आजै उनीहरुले केन्द्रीय आयोजना कार्यन्वयन इकाई कार्यालय बबरमहलमा सामूहिक राजीनामा बुझाएका थिए।राजीनामा बुझाएर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरूले आन्दोलन गर्दै आएका छन्। पुनर्निमाणमा खटिएका इन्जिनियरहरुलाई हटाएर बिदेसिन बाध्य पार्न खोजिँदै गरेको गुनासो उनिहरुको छ।

..

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलित भएका हुन्।प्राविधिक कर्मचारीहरुले आफूहरुलाई कामबाट नहटाउन माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका केही कर्मचारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Intervention at Protest
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments