Incident Reports

वर्षौंदेखि सडक पिच नभएपछि विभागमा ताला लगाउन पुगे बूढानिलकण्ठका वडाध्यक्ष; १५ जनालाई नियन्त्रणमा लिएर छाड्यो प्रहरीले

2021-06-27

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौंकै सडक कालोपत्र नभएर अलपत्र रहेपछि सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष नै पक्राउ परेका छन्।बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईसहितलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरू सडक अलपत्र रहेको भन्दै छिटो कालोपत्र गर्न माग गर्दै सडक विभाग बबरमहलमा आइतबार पुगेका थिए।

सडक विभागमा तालाबन्दी गर्न लागेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।वडाध्यक्षसहित १५ जना स्थानीयलाई नियन्त्रणमा लिइएको थियो। केहीबेरपछि उनीहरूलाई छाडेको प्रहरीले जनाएको छ।प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई छाडिसकेको बताए।

‘१५ जनालाई नियन्त्रणमा लिएका थियौं। पछि थप चार जना आउनुभयो। छलफल गरेर उहाँहरूलाई छाडिसकिएको छ,’ उनले सेतोपाटीसँग भने।

वडा नम्बर १२ को कप्पन, खरिबोट सडक क्षेत्रमा २०७२ सालदेखि नै सडक विग्रेको छ। पानी परेपछि सडक हिलाम्मे हुँदा आवतजावतमा कठिनाइ भइरहेको छ।निर्माण व्यवसायीलाई तत्काल काम थाल्न निर्देशन दिन सडक विभागलाई जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८, १३:५८:४२


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Detention of Protesters
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments