Incident Reports

बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

2021-06-30

Bagmati, Kathmandu, Kathmandu

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।

..

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै अखिल क्रान्तिकारीले सरकार विरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party , Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments