Incident Reports

मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरमा मुख्यमन्त्रीको पुत्ला दहन – Online Khabar

2021-07-26

Madhes, Dhanusha, Janakpur

११ साउन, जनकपुरधाम ।

प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ ।राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग  झडप  भएको थियो ।

उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा गएर टुँगिएको थियो । जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा माग गरेका थिए ।२०७५ सालमा मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments