Incident Reports

कलेज शुल्कमा छुट माग्दै आन्दोलनरत विद्यार्थीमाथि प्रहरीको बल प्रयोग

2021-08-03

ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ ।  मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । 

महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।  उनीहरुले गत १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए।

आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि महानगरीय प्रहरी परिसर ललितपुर अन्तरगत बालकुमारी र मंगलबजारबाट खटिएको प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको आन्दोलनरत विद्यार्थी विवेक ज्ञवालीले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Excessive Use of Force
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
National/Online Media

0 Comments