Incident Reports

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट | Nagarik News - Nepal Republic Media

2021-08-10

Karnali, Surkhet, Birendranagar

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीको कुटाइबाट घाइते भएका चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ।विभिन्न माग राख्दै रिले अनसन बसिरहेका विद्यार्थीहरुले मंगलबारदेखि विश्वविद्यालयका गाडीहरु चल्न नदिने घोषणा गरेका थिए। केन्द्रीय भवनबाट उपकुलपति प्रा.डा. सिंह विश्वविद्यालयको गाडी चढेर मुसुम पुगेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो। झडपमा रोशन बस्नेत, राज पौडेल, भूपेन्द्र बम, सन्देश थापा, गोविन्द सिंजापति, रोशन मिश्र, तेजबहादुर बम, झक्कु शाहीलगायत घाइते भएका छन्।

मुसुममा झडप भएपछि विद्यार्थीहरुले उपकुलपतिको निवास घेराउ गरेका थिए। लगत्तै उपकुलपति प्रा.डा. नन्दबहादुर सिँहको संरक्षणमा आफूहरुमाथि कुटपिट भएको आरोप विद्यार्थीहरुले लगाएका छन्।उपकुलपति सिँहको निवासमा रहेका केही व्यक्तिहरुले आन्दोलनकारी विद्यार्थीमाथि आक्रमण गरेका थिए। ‘उपकुलपति सिंहको संरक्षणमा रहेका ‘गुण्डा’हरुले हामीमाथि आक्रमण गरे,’ घाइते विद्यार्थी नेता रोशन बस्नेतले भने, ‘चार जना साथीहरुको अवस्था गम्भीर छ।’ उनले प्रहरीले पनि आफूहरुमाथि कुटपिट गरेको आरोप लगाए।‘उपकुलपतिका ‘गुण्डा’हरुले आक्रमण गर्दा पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेन्, उल्टै हामीमाथि आक्रमण भयो,’ उनले भने, ‘प्रहरीनै उपकुलपतिसँग मिलेको देखियो।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Intervention at Protest
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 8
Youth Injured n/a
National/Online Media

0 Comments