Incident Reports

विकास कोइराला विरुद्धको कारवाही फुकुवाको माग गर्दै नेविसंघ र तरुण दलको प्रदर्शन - No. 1 news Portal of Mid Nepal…

2021-09-01

चितवन : चितवनमा कांग्रेस चितवन पार्टी कार्यालयमा पूर्व जिल्ला सभापति विकास कोइरालाविरुद्धको कारवाही फुकुवाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । बृहत् मोटरसाईकल र्यालीसहित नेविसंघ र तरुण तलका युवाले प्रदर्शन गरेका हुन् ।नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले कारवाही फुकुवाको माग गर्दै पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । अनुशासनको कारवाही भएको ६ वर्षपछि स्वतः खारेज हुने पार्टीको विधानमा भएपनि हालसम्म कारवाही फुकुवा नभएको ताम्राकारले बताए ।

चितवन कांग्रेसका सभापति श्रेष्ठले ध्यानाकर्षण पत्र बुझ्दै कारवाही फुकुवा नभएकोमा अचम्मित भएको प्रतिक्रिया दिएका छन् । जिल्लाले कारवाही फुकुवा गर्न केन्द्रमा पत्र पठाएपनि सुनवाइ नभएको उनले बताए । जिल्ला बैठकमा फेरि कारवाही फुकुवाबारे छलफल गरिने उनको भनाइ छ ।

युवा नेता सूर्यहरि मरहट्ठाले विकास कोइरालाको क्रियाशील सदस्यता नआए चितवनमा कांग्रेसको चुनाव नै हुन नदिने चेतावनी दिए । तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन क्षेत्र नम्बर ३ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए ।

केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २०७० कात्तिक २ गते पार्टीले उनको क्रियाशील सदस्यता समेत खारेज गरेको थियो । १२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए । विकास कोइरालाले ८ वर्षसम्म पनि कारवाही फुकुवा नहुनु दुखद भएको बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments