Incident Reports

भीम अस्पतालमा आमरण अनशन- लुम्बिनी - कान्तिपुर समाचार

2021-09-01

नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।

भैरहवा — कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान नदिइएको, सामाजिक सञ्‍जालमा स्टाटस् लेखेकै विषयमा स्पष्टीकरण सोधिएको भन्दै भैरहवास्थित भीम अस्पतालमा आमरण अनशन थालिएको छ ।अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र केही कर्मचारीले बुधबार दिउँसोदेखि अस्पताल परिसरमा आमरण अनशन सुरु गरेका हुन् । अनशनमा सहभागी कर्मचारी तथा स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा केही धारणा लेख्दा अस्पताल प्रशासनले स्पष्टीकरण सोध्दै सेवाबाट निकाल्ने धम्की दिएको आरोप लगाएका छन् । ‘मनमा लागेको कुरा सामाजिक संजालमा राख्दा स्पष्टीकरण सोधेर अस्पताल प्रशासनले कर्मचारी तथा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम गरेको छ’, अस्पताल विकास समितिको तर्फबाट कार्यरत भीम अस्पतालका अहेव गोपाल उपाध्यायले भने, ‘अस्पताल प्रशासनले सोधेको स्पष्टीकरण र नोकरीबाट हटाउनेसम्मको धम्कीले स्वास्थ्यकर्मी मानसिक तनावमा छन् ।’ उनीहरुले अस्पतालकी मेडिकरल सुपरिटेन्डेन्ट सकुन्तला गुप्ताले स्पष्टीकरण सोध्ने र नोकरीबाट हटाउने धम्की दिएको आरोप लगाएका छन् । उपाध्यायका अनुसार, अस्पताल प्रशासनले कोभिड संक्रमणको बेला अस्पताललाई अक्सिजन उपलब्ध गराउने केही व्यक्तिलाई मंगलबार औपचारिक कार्यक्रम गरी सम्मान गरे पनि स्वास्थ्यकर्मी सम्मानबाट बञ्चित भएको भन्दै अस्पतालको भाइबर ग्रुपराखिएपछि स्पष्टीकरण सोधिएको थियो । अनशनमा बसेकाहरुले अस्पताल विकास समितिबाट नियुक्ति दिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई अस्पतालका अन्य कर्मचारी र स्वास्थ्यकर्मीसरह सेवा सुविधा पाउनु पर्ने, कोभिड संक्रमणको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीले पाउनु पर्ने सेवा सुविधा तत्काल दिनु पर्ने र मेडिकल सुपरिटेन्डेन्ट गुप्ताको सरुवाको माग गरेका छन् । अस्पताल प्रशासनले भने अस्पताल विकास समितिको तर्फबाट करारमा रहेका अनशनमा बस्ने केही स्वास्थ्यकर्मीले आफू अनुकूल अस्पताल प्रशासन चलाउन खोजेको र आफ्नो अनुशासन र मर्यादाविपरीतका कार्य गरेकोले स्पष्टीकरण सोधिएको बताएको छ । अस्पताल विकास समिति अध्यक्ष नारायण भण्डारीले केही स्वास्थ्यकर्मीले आफू अनुकूल प्रशासनको व्यवस्थापन हातमा लिन खोज्दा स्पष्टीकरण सोधिएको बताए । उनले स्पतालको भवन शिलन्यास कार्यक्रममा कोरोना संक्रमणका बेला खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि सम्मान गर्ने योजना रहेको बताए । ‘अस्पताल प्रशासनले आफ्नो अधिकारभित्र रहेर स्पष्कीरण सोधेको हो,’ भण्डारीले भने, ‘तर अनशनमा बसेका केही करारका स्वास्थ्यकर्मीले आफू अनुकूलको वातावरण अस्पतालमा बनाउनका लागि दायित्व‍भन्दा बाहिर गएर भड्काउन खोजिएको छ ।’योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६३ हजार ३ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments