Incident Reports

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि विराटनगरमा प्रदर्शन – Online Khabar

2021-09-05

Province 1, Morang, Biratnagar

२१ भदौ, विराटनगर । जिल्ला प्रही कार्यालय मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको हिरासतमा मृत्यु भएपछि सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।शुक्रबार गाँजासहित पक्राउ परेका कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् ।

मृतकको दुवै खुट्टामा चोट छ । आफन्त र स्थानीयले प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् ।प्रहरीले शुक्रबार कामतलाई तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो । उनलाई आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी थियो । तर अचानक बेहोस भएपछि कामतलाई उपचारका लागि कोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो करीब साढे १ बजे मृत्यु भएको उनले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments