Incident Reports

प्रहरी हिरासतमै भीमको मृत्युपछि आफन्तले गरे चक्काजाम, हटाउन खोज्दा झडप :: Setopati

2021-09-07

Province 1, Morang, Biratnagar, Ward 7

गाँजासहित पक्राउ परेका युवा भीम कामतको प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले गरेको चक्काजाममा प्रहरीसँग झडप भएको छ।

विराटनगरस्थित भट्टीमोडमा सडक अवरूद्ध गर्न बसेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो। प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका छन्।

शुक्रबार दिउँसो विराटनगर- ११ बाट गाँजासहित पक्राउ परेका ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो। कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्यमय तरिकाले मृत्यु भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

कामतको मृत्यु भएको विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सोमबार पाँच सदस्य छानबिन समिति गठन भएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Unclear
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments