Incident Reports

शिशुको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

2021-09-25

Province 1, Jhapa, Damak

उपचारका लागि ल्याएको बालकको मृत्यु भएपछि आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका छन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएपछि शनिबार आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।शुक्रबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनलाई बालरोग विषेशज्ञ डा. अनिल थापाले हेरेका थिए । कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। 'बच्चाको अवस्था सामान्य थियो । यहाँ कोरोना संक्रमित राख्न सक्ने अवस्था थिएन', उनले छलफलका क्रममा भने, 'औषधि दिएर घर पठाएको हो । उनको अक्सिजन लेभल पनि ठिक थियो।'

तर, अस्पतालबाट घर पुर्‍याउनेबित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्त सरोज खड्काले बताए। अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै उनले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए। स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको सरोजले बताए।अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आक्रोशितले अस्पतालमा ढुंगा प्रहार गरेको छन् । ढुंगा प्रहारबाट अस्पतालको सिसा फुटेको छ । ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Healthcare Management
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments