Incident Reports

उच्च अदालत विराटनगर अगाडि इँटा उद्योगीमाथि खुकुरी प्रहार

2021-09-26

Province 1, Morang, Biratnagar

मोरङ — उच्च अदालत विराटनगर अगाडि एकजना इँटा उद्योगीमाथि खुकुरी प्रहार भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते लामाको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।

दक्षिणबाट उच्च अदालततर्फ आइरहेका मोटरसाइकलमा सवार कार्कीले कानुन व्यवसायीको ल फर्मबाट अदालतको गेट अगाडि सडकमा निस्केका लामामाथि खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।कार्कीले सुरुमा लामाको हात, त्यसपछि पेटलगायतका शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छो ।खुकुरी प्रहारपछि कोसी अस्पतालतर्फ भागेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लामाको कटहरी गाउँपालिका ६ मा समेत इँटा उद्योग रहेको र त्यसमै भएको विवाद अदालतमा विचाराधीन छ । मुद्दाकै सिलसिलामा आएका लामामाथि खुकुरी प्रहार भएकाले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीसीले बताए ।

...इँटाभट्टाका साझेदारकै योजनामा खुकुरी प्रहार, दुई अझै फरार 

व्यावसायिक साझेदारकै योजनामा इँटाभट्टा व्यवसायीको खुकुरी हानी हत्या प्रयास भएको खुलेको छ । गत १० असोजमा उच्च अदालत विराटनगरको गेटमा काभ्रेका कलामसिंह लामामाथि खुकुरी प्रहार भएको थियो ।उनका व्यावसायिक साझेदार मोहम्मद साजिक मियाँकै योजनामा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मियाँ र खुकुरी प्रहारमा संलग्न विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य दुईजना अझै फरार छन् ।

भक्तपुरका रमेश राजबाहक र मोरङका नेत्र कट्टेल फरार छन् । प्रहरीले उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको छ । चारजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन लागिएको छ । ५० हजार रुपैयाँ दिएर लामामाथि खुकुरी हान्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो ।योजनाकारमध्येका एक राजबाहकसमेत भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा खुलेआम हिँडे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports