Incident Reports

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग | नेपालन्युज

2021-09-30

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 8

भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो । पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ । साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ । श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताए। उनले भने, “वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आउनुभएको थियो, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिनुभयो, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।”

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments