Incident Reports

चितवनमा छिमेकीको कुटपिटबाट यसरी भयो दलित व्यक्तिको मृत्यु - Narayanionline.com

2021-10-14

Bagmati, Chitawan, Bharatpur, Ward 4

...update

असोज २८ गते चितवनको भरतपुर महानगरपालिका ४ का ५८ वर्र्षीय भीमबहादुर विश्वकर्मालाई स्थानीय दुर्गा मन्दिरमा पुजा गरेको आधारमा सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गरी हत्या गरिएको घटनाप्रति दलित गैर सरकारी संस्था महासंघले घटनाको भत्र्सना गरेको छ । 

बिहिबार विज्ञप्ती प्रकाशन गर्दै महासंघले यो घटना दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, उत्पीडन, दमन, अन्याय, अत्याचार एवं हत्याहिंसाकै श्रृंखलाको पराकाष्ठ मात्र हैन नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको समेत गम्भिर उलंघन गरेको भनेको छ । 

नेपाललाई छुवाछूतमूक्त राष्ट्र घोषणा गरिएको छ, संविधान र कानूनले सार्वजनिक तथा नीजि कुनैपनि स्थानमा कसैले कुनै प्रकारको विभेद गर्न नपाईने गरि निषेध गरेको छ तर घटना भएको दिनमा भीमबहादुर विश्वकर्माले आफूले पनि दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा र हिन्दू धर्मावलम्वि भएर आफ्नो आस्था र विश्वास अनुसार पुजा गर्दा उक्त व्यक्तिहरुले ‘तँ कामीले मन्दिर पस्ने मन्दिर छुने भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार पारी हत्या गर्नु गरेको विज्ञप्ती मार्फत आरोप लगाएको छ । 


न्याप्रशासन एवं कानूनलाई ठाडो चुनौति दिएको मात्र हैन परिवर्तनलाई अस्वीकार गर्नु र समाजलाई जंगली युगतिरै धकेल्न खोजेको महासंघले जनाएको छ । घटनाका बारेमो उच्चस्तरीय न्याीक छानबिन समिति बनाइ घटनाको सत्यतथ्य सार्वजनिक गरी अपराधीलाई हदैसम्मको कानूनी कार्वाही गर्न, पीडितका परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिन र यस्ता प्रकारका घटनाहरु नदोहोरीन अवश्यक कदम चाल्न महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । 


 चितवन, असोज ३१ – चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४, स्थित भीमबहादुर विश्वकर्माको छिमेकीको कुटपिटबाट मृत्यु भएको हो । छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

घटनाक्रमः

दशैँको अघिल्लो दिन भीममाथि कुटपिट गरिएको छिमेकीले बयान दिएका छन् । मधुमेह रोगी भिमले मादक पदार्थ सेवन गर्न केही वर्ष अघि नै छाडेका थिए । गाउँघरमा मिस्त्री काम गर्दै आएका भीमले परिवारको जिम्मेवारी आफैँ सम्हाल्दै आएका थिए । त्यो दिन बिहानको ९ बजे घरमा पाहुनाको करले भिमले थोरै भए पनि मादक पदार्थ भने सेवन गरेका थिए । सोही बेला उनैले हुर्काउदै आएका नातिको घरमा सम्पत्तिको बारेमा कुराकानी गर्न पुगेका थिए । तर हजुरबुबाले मापसे गरेको थाहा पाएपछि नाती कुरा नगर्दै बाहिर निस्किए । त्यसपश्चात कान्छा नातिलाई हातमा समातेर भिम दीलिपको फार्मेसी तर्फ लागेका थिए । फार्मेसीमा भीम कहिलेकाँही बिरामी पर्दा औषधि, उपचारको लागि जाने गरेकोे छिमेकीहरु बताउँछन् । दीलिपले औषधि मात्रै बेच्ने भए पनि भीमले भने बिरामी जाच्ने डाक्टरको रुपमा नै सम्बोधन गर्दथे । दीलिपको फार्मेसी नजिकै सीतारामको पनि घर छ । हल्का मादक पदार्थ सेवन गरेकाले पनि भीम आफ्नै कुरालाई लिएर कराईरहेका थिए । सो क्रममा उनले सीताराम र दीलिपको बारेमा पनि केही बोल्न भ्याए । त्यसपश्चात अश्लील शब्द बोलेको कारण भीमलाई प्लाष्ट्रिकको पाइपले सीतारामले कुटेको स्वीकार गरेका छन् । त्यस्तै दीलिपले पनि आफूलाई तथानाम गालीगलौज गरेका कारण आफूले कुटपिट गरेको जाहेरीमा उल्लेख छ । भिमले मापसेको बेला दुःखका कुराहरु मात्रै बोल्दै आएको तर अश्लील शब्दहरु नबोल्ने गरेको छिमेकीहरुको भनाई छ ।

कुटपिट भएको केही समयमा भीम अचेत अवस्थामा ढलेका थिए । त्यसपछि पीडक सीतारामले नै भीमलाई अस्पतालको लागि एम्बुलेन्स लगे । अस्पताल लैजाने क्रममा भीमका कान्छा ज्वाई विकास विश्वकर्माले घटना बारे थाहा पाएका थिए । अचेत अवस्थामा ढलेका भीमलाई भरतपुर अस्पताल लैजाने भनिए पनि चितवन मेडिकल कलेजमा पु¥याईएको थियो । तर केही समयमा नै चिकित्सकले भीमको मृत्यु भएको घोषणा गरेको थियो । भीमको माईली छोरीले सिएमसीमा सीतारामको आफन्त भएकोले त्यहाँ लगेपछि घटना लुकाउन सकिने भनेर सरकारी अस्पताल नलगिएको आरोप लगाएकी छन् । भीमको मृत्यु भएपछि त्यसबेला सीतारामले कुटपिट गरेको स्वीकार गरेका थिएनन् । दीलिपले सीतारामले पनि भीमलाई कुटपिट गरेको आफूले पनि धकेले बयान दिएपछि मात्रै सीतारामले स्वीकार गरेका थिए ।

भीमको कुटपिटपछि टाउकोको पछाडी भागमा चोट लागेको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ । दीलिप र सीतारामको कुटपिटबाट नै भीमको मृत्यु भएको पुष्टि भएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने कसुरमा जाहेरी दिएका छन् । मृतकका आफन्तले दिएको जाहेरी चितवन प्रहरीले दर्ता गरिसकेको छ भने प्रहरीले पनि अनुसन्धान थालेको छ । घटनाबारे सिसिटिभि फुटेज पनि सुरक्षित रहेको प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने अधिकारीले दाबी गरेका छन् ।

आफन्तले जाहेरी दर्ता गराएपछि अनुसन्धानका लागि दीलिप र सीताराम दुवैलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको छ । सोही घटनालाई लिए आइतबार पीडित परिवार, जनप्रतिनिधिसहित छिमेकीले प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports