Incident Reports

टिकट नपाएर अलपत्र परेका यात्रुको रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

2021-11-13

Karnali, Humla, Simkot

जहाजको टिकट नपाएर अलपत्र परेका यात्रुको रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सैयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमास्थलका सुरक्षा गार्डले दुर्व्यवहार गरेका हुन् ।

दुई सातादेखि विमानस्थलमा घुइँचो लागेर टिकट नै नपाएको विषयमा पत्रकारले रिपोर्टिङ गर्न खोज्दा नयाँ पत्रिकाका हुम्ला जिल्ला संवाददाता नरजन तामाङलाई विमानस्थलमा खटिएका सई देवबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। सर्वसाधारणले सजिलै टिकट नपाएपछि विमानस्थलको गेटमा रहेका यात्रुको फोटो खिच्न खोज्दा प्रहरी सइ खड्काले दुर्व्यवहार गरेका थिए।

यतिखेर विमानस्थलमा जिल्लाबाहिर जानका लागि सयौं विद्यार्थी तथा विरामीहरुको घुइँचो लागेको छ। तर, उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् भने पहुँचवाला व्यक्तिहरु मात्रै जिल्लाबाहिर जान पाएका छन्। प्रहरीले गरेको दुर्व्यवहारप्रति इन्सपेक्टर दानसिंह भण्डारी र दामोदर पुनलाई कुरा गर्दा उल्टै इन्स्पेक्टर पुनले प्रहरीमाथि दूर्व्यवहार भएको आरोप लगाए। तर, अर्का इन्स्पेक्टर भण्डारीले भने यसको सहजीकरणका लागि उपयुक्त विकल्पबाट जान पत्रकारलाई अनुरोध गरे।

टिकट नपाउँदा कतिपय विद्यार्थीहरुको परीक्षासमेत छुटेको छ। सर्वसाधारणका समस्या बेवास्ता गर्दै हवाई कम्पनीका कर्मचारीले पावर र पहुँचका भरमा टिकट वितरण गरेका छन्। स्थानीय प्रशासन, जनप्रतिनिधिलगायत सरोकारवाला निकाय भने मौन छन्। दिनरात नभनी टिकटका लागि लाइनमा बसेका विरामी र विद्यार्थीका बारेमा नागरिक उड्डयन मन्त्रालय मौन छ। जिल्लामा दैनिक रातको ४ बजेदेखि सर्वसाधरण नागरिकहरु निजी हवाई कम्पनीका कार्यालयमा लाइन बसेका हुन्छन, तर पनि टिकटको टुंगो हुँदैन।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments