Incident Reports

उपत्यका भरिका वकिल एकै ठाउँ: प्रहरीद्वारा लाठी चार्ज ! | katipath news

2021-11-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। प्रहरीले लाठी चार्ज गर्दा केही कानुन व्यवसायी घाइते भएका छन्।

नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्‍न खोज्दा घम्साघम्सी भएको थियो। प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन्।

अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ। सर्वोच्चमा काठमाडौंका वकिलहरुले पनि धर्ना दिने भएपछि प्रहरीको उपस्थिति बढाइएको बताइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रदर्शन गर्न आज (सोमबार) काठमाडौं उपत्यकाभरिका अदालतस्थित नेपाल बार एसोसिएसनका अधिवक्ता सर्वाेच्च अदालतमा भेला भएका छन्।

यसअघि नेपाल बार एसोसियनको केन्द्रीय समितिले मात्र सर्वाेच्च अदालतमा धर्ना दिँदै आएकोमा आज उपत्यकाभित्र रहेका तीनवटै जिल्ला अदालत तथा उच्च अदालत र विशेष अदालतस्थित बार एकाइ पनि एकसाथ विरोधमा उत्रिएका हुन्। साथै उपत्यकानजिकै पर्ने काभ्रे जिल्ला अदालतको बार एकाइका अधिवक्ता पनि जबराको राजीनामा माग्दै आयोजित आन्दोलनमा सहभागी भएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments