Incident Reports

सर्वोच्चमा प्रदर्शन : खोसियो वकिलहरुको माइक, पत्रकारलाई समाचार संकलनमा समेत रोक « Image Khabar

2021-11-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यावसायीहरूले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारी वकिलहरुले आज पनि प्रधानन्याधीश राणलाई भने सर्वोच्चमा प्रवेश गर्नबाट रोक्न सकेनन् । प्रधानन्यायाधीश राणा अवरोध छिचोलेर कार्यालयमा प्रवेश गरिसक्नुभएको छ । राणालाई रोक्ने उद्धेश्यले वकिलहरुले अर्को प्रवेशद्वारमा पनि धर्ना दिन खोजेकोमा प्रहरीले उनीहरुलाई रोकेर मूलद्वार अगाडि मात्रै सीमित गरेको छ । सर्वोच्च परिसरमा कोणसभा गरिरहेका प्रदर्शनकारीले प्रयोग गरेको माइक पनि सर्वोच्चका सुरक्षाकर्मीले खोसेपछि वकिलहरु विना माइक बोलिरहेका छन् । आज पनि प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन गर्ने दुई वटा समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई भने आज सर्वोच्च परिसरमा प्रवेश गर्न दिइएको छैन ।

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन ब्यावसायीहरु पनि सहभागी भएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments