Incident Reports

धनुषामा महासेठविरुद्ध एमाले कार्यकर्ताको प्रदर्शन – Online Khabar

2021-11-20

Madhes, Dhanusha, Janakpur

४ मंसिर, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले धनुषामा विवाद देखिएको छ । पार्टीका नेता रघुवीर महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो । रेल्वे स्टेशनबाट महासेठबिरुद्व निकालिएको बिरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुँगिएको थियो । प्रदर्शनका क्रममा एमालेका नेता/कार्यकर्ताले महासेठबिरुद्व नाराबाजी समेत गरेका छन् ।

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्रनुपरेको छ ।’

महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरी योग्य तथा क्षमतावानलाई प्रतिनिधी बनाउन माग गर्दै साहले नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरुलाई समेत बेवास्ता गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments