Incident Reports

पत्रकार भण्डारीलाई प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति | Ratopati

2021-11-23

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई आफ्नै निवासमा एक्कासि प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्दा मर्यादित भई प्रस्तुत हुनु पर्नेमा यस किसिमले दुर्व्यवहार गरिनु निन्दनीय र दुःखद् कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments