Incident Reports

सार्वजनिक स्थलमै एकल दलित महिलामाथि कुटपिट

2021-11-09

Province 1, Sunsari, Duhabi, Ward 5

प्रहरी कार्यालयअगाडि वृद्धा दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्ने पक्राउ नपरेको भन्दै पीडित र दलित अगुवाले संघर्ष थालेका छन् । २३ कात्तिकमा सुनसरीको दुहबी नगरपालिका–५ की ७० वर्षीया लक्ष्मी परियार र उनकी ४० वर्षीया छोरी आरती परियारमाथि इलाका प्रहरी कार्यालयअगाडि नै कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुहबी नगरपालिका–४ का रोशन कार्की, उनका भाइ रवि कार्की र ज्वाइँ सन्तोष कर्णलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र दलित अगुवाले मंगलबार प्रहरी कार्यालयअगाडि पत्रकार सम्मेलन गर्दै न्यायका लागि संघर्ष थालेका हुन् । जातीय गालीगलौज गर्दै कुटपिट गर्नेलाई पक्राउ गरेर अनुसन्धान अगाडि नबढाएसम्म न्यायको संघर्ष निरन्तर जारी राख्ने उनीहरूले बताएका छन् । न्यायका लागि मानवअधिकार र दलित आयोगदेखि मुख्यमन्त्री, गृहमन्त्रीसम्म जाने उनीहरूको तयारी छ । पीडितले आफूहरूलाई कुटपिट गर्नेमाथि किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ नगरेकाले न्यायका लागि संघर्ष थाल्न बाध्य भएको बताए । ‘हामीलाई कुटपिट गर्नेलाई पक्राउ गराउन आइजी, मुख्यमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री क–कसलाई भेट्नुपर्ने, कहाँ–कहाँ जानुपर्ने हो र कस्तो अनशन बस्नुपर्ने हो, तयार छौँ,’ पीडित लक्ष्मीले भनिन् । दलित अगुवा ज्ञानबहादुर परियारले बल र पैसाको भरमा न्याय मार्न खोजिएकाले सबै दलित एक भएर न्यायको संघर्षलाई चरणबद्ध रूपमा अगाडि बढाउन बाध्य भएको बताए । ‘प्रहरीकै अगाडि भएको अमानवीय घटनामा प्रहरी चुपचाप छ, यसैले शान्तिको मन्दिरलाई अपराधीको क्यान्टिन बन्न कदापि दिँदैनौँ,’ उनले भने । परियार सेवा समाज मोरङका अध्यक्ष रत्न परियारले आँखैअगाडिको अमानवीय घटनामा पनि प्रहरी गम्भीर नहुनु दुःखद भन्दै पीडितलाई साथ दिन आफूहरू तयार रहेको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments