Incident Reports

चरिकोट-मुडे सडक : ठेकेदारलाई कारवाहीको माग राख्दै धर्ना दिन पुगेका स्थानीय पक्राउ « News24 : Premium News Channel

2021-12-07

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं ।

दोलखाको चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारलाई कारवाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना दिन पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।२०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएको भन्दै सो क्षेत्रका स्थानीय र सरोकारवालाहरु मंगलबार ललितपुरको चाकुपाटस्थित विभागमा धर्ना दिन पुगेका थिए । धर्नाका क्रममा उनीहरुले विभागको गेटमा बसेर नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले चरिकोट–मुडे सडक चाडो कालोपत्रे गर, ६ बर्षदेखि दोलाखाबासीले भोगिरहेको विचल्लीबाट मुक्ति दे लगायका नारा लगाएका थिए ।यसअघि सोमबार चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसंगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारसँगको सम्झौता तोड्ने बताएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Detention of Protesters
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments