Incident Reports

त्रिविको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित : ८ जना पक्राउ

2021-12-08

Bagmati, Kathmandu, Kirtipur

काठमाडौं : त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडिबाट ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। त्रिविले करार शिक्षकलाई स्वतः स्थायी बनाउने निर्णय गरेको भन्दै त्यसको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीलाई पक्राउ गरेको हो। आन्दोलनका क्रममा संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालय अगाडि घेराउ गर्न पुगेका थिए। उनीहरुलाई महानगरीय प्रहरी बृत्तमा राखिएको छ। पक्राउ पर्नेहरु विद्यार्थी नेताहरु मनीषा कार्की, समीर गौतम, शोमा बम, अनिल केसी, बीपीन बीक, रामनरेश यादव, प्रवीण दाहाल, तेजप्रसाद पोखरेल रहेका छन्। यसअघि त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका थिए। त्रिविका पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, कमलकृष्ण जोशी, महेशकुमार उपाध्याय, हीराबहादुर महर्जन र नविनप्रकाश जंग शाहले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै विरोध जनाएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments