Incident Reports

नागरिकता विधेयक टुँग्याउन माग राख्दै वीरगन्जमा प्रदर्शन | Nagarik News - Nepal Republic Media

2021-12-08

Madhes, Parsa, Birgunj

संघीय संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्न माग गर्दै वीरगन्जमा बुधवार दिउँसो प्रदर्शन भएको छ। आमाको नाममा नागरिकता पाउने व्यवस्था कार्यन्यवन गर, नागरिक सम्बन्धी संबिधानको व्यवस्था पालना गर जस्ता नाराका साथ शान्तिपूर्ण र्‍याली प्रदर्शन भएको हो।

‘नागरिकताविहीन नेपालिहरु’ नामले दबाव समूह खडा गरि सहभागिहरुले नागरिकता सम्बन्धी माग राख्दै प्रदर्शन गरेका थिए। आमाबाबूको नेपाली नागरिकता हुँदाहुदै पनि कानुन नहुँदा देशका लाखौँ नागरिकले नागरिकता पाउन नसकेकोले आफूहरुले प्रर्दशन गरेको सहभागिले प्रतिक्रिया दिए। नागरिकता नहुँदा सम्पती जोड्न, अध्ययन गर्न, जागिर पाउन, रोजगारी वा व्यापार व्यवसाय जस्ता काम गर्न अफ्ठ्यारो हुने गरेकोले यो आफूहरुको जीवनको गम्भीर सरोकार भएको उनीहरुको तर्क थियो

आमा र बुवाको जन्मसिद्ध अथवा अंगिकृत नागरिकता भएका व्यक्तिको सन्तान नागरिकताको अधिकारबाट बन्चित हुँदै आएको उनीहरुले बताए। संघीय संसदमा अहिले विचाराधीन नागरिकता सम्बन्धि विधेयक पारित भई ऐन नबन्दा समस्या भएको उनीहरुले सुनाए। नेपालको संविधान को घारा ११ को उपधार (३) र (५) लाई कार्यन्वयन गर्ने ध्यानाकर्षण गराउदै यि मागहरु र्‍याली प्रदर्शनका सहभागिले राखेका थिए। वीरगन्जको घण्टाघरबाट सुरु भएको र्‍याली नगरमा घुमेर फेरी सोही ठाउँमा फर्केर कोण सभामा परिणत भएको थियो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis