Incident Reports

कैलालीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव

2021-12-18

Sudurpashchim, Kailali, Janaki, Ward 9

३ पुस, धनगढी । कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । अहिले घटनास्थल सिल गरेर अनुुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports