Incident Reports

महिलाको मृत्युबारे छानबिनको माग गर्दै स्थानीयबासीले घेराउ गरे प्रहरी चौकी

2022-04-06

Gandaki, Gorkha, Gorkha, Ward 11

गोरखा : गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्युको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ वर्षीया फूलमाया परियारको मृत्यु भएपछि घटनाको छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रहरी चौकी बारकिलोमा धर्ना र घेराउ गरेका छन् । बारकिलो बजारस्थित सार्वजनिक शौचालयमा सरसफाइ गरेर जीविका चलाउँदै आएकी परियारको भरतपुर अस्पतालमा उपचारको क्रममा गत मंगलबार मृत्यु भएको थियो । उनलाई स्थानीय होटल व्यवसायी दुर्गा आलेले गत चैत १७ गते साँझ कुटपिट गरेर घाइते बनाएको मृतकका आफन्त विकास परियारले बताए ।

'सात वर्षकी छोरी वर्षा परियारले होटलबाट ‘चिसो’ झिकेर आइछन् । त्यही विषयमा विवाद हुँदा दुर्गाले कुटेकी रहिछन्,' मृतकका भाइ नाता पर्ने परियारले भने, 'त्यसपछि भोलिपल्ट पनि दिदी ड्युटीमा जानु भएन । पर्सिपल्ट पनि जानु भएन । २० गते छिमेकीहरु घरमा हेर्न जाँदा निस्लोट भएर सुतिरहनु भएको रहेछ । अनि गाउँलेहरु भेला भएर गोरखा अस्पतालमा उपचार गर्न लगे ।'

 गोरखा अस्पतालले पनि नसकेपछि भरतपुर अस्पतालमा रिफर गरेको तर भरपुर अस्पतालमा उपचार गराउँदा गराउँदै गत मंगलबार मृत्यु भएको उनले बताए । घटनाको निश्पक्ष छानबिनको माग गर्दै स्थानीयबासीले प्रहरी चौकीमा शव राखेर बुधबार राती रातभर नाराबाजी गरेका छन् । दोषीमाथि कडा कारबाही हुनुपर्ने र मृतकको परिवारलाई राहतको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ ।

घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार अहिले शव गोरखा अस्पतालमा राखिएको र अनुसन्धानको क्रममा रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports