Incident Reports

महिलाको मृत्युबारे छानबिनको माग गर्दै स्थानीयबासीले घेराउ गरे प्रहरी चौकी

2022-03-31

Gandaki, Gorkha, Gorkha, Ward 11

गोरखा : गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्युको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ वर्षीया फूलमाया परियारको मृत्यु भएपछि घटनाको छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रहरी चौकी बारकिलोमा धर्ना र घेराउ गरेका छन् । बारकिलो बजारस्थित सार्वजनिक शौचालयमा सरसफाइ गरेर जीविका चलाउँदै आएकी परियारको भरतपुर अस्पतालमा उपचारको क्रममा गत मंगलबार मृत्यु भएको थियो । उनलाई स्थानीय होटल व्यवसायी दुर्गा आलेले गत चैत १७ गते साँझ कुटपिट गरेर घाइते बनाएको मृतकका आफन्त विकास परियारले बताए । 'सात वर्षकी छोरी वर्षा परियारले होटलबाट ‘चिसो’ झिकेर आइछन् । त्यही विषयमा विवाद हुँदा दुर्गाले कुटेकी रहिछन्,' मृतकका भाइ नाता पर्ने परियारले भने, 'त्यसपछि भोलिपल्ट पनि दिदी ड्युटीमा जानु भएन । पर्सिपल्ट पनि जानु भएन । २० गते छिमेकीहरु घरमा हेर्न जाँदा निस्लोट भएर सुतिरहनु भएको रहेछ । अनि गाउँलेहरु भेला भएर गोरखा अस्पतालमा उपचार गर्न लगे ।' गोरखा अस्पतालले पनि नसकेपछि भरतपुर अस्पतालमा रिफर गरेको तर भरपुर अस्पतालमा उपचार गराउँदा गराउँदै गत मंगलबार मृत्यु भएको उनले बताए । घटनाको निश्पक्ष छानबिनको माग गर्दै स्थानीयबासीले प्रहरी चौकीमा शव राखेर बुधबार राती रातभर नाराबाजी गरेका छन् । दोषीमाथि कडा कारबाही हुनुपर्ने र मृतकको परिवारलाई राहतको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ । घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार अहिले शव गोरखा अस्पतालमा राखिएको र अनुसन्धानको क्रममा रहेको छ ।

annapurna post

annapurna post


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports