Incident Reports

सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

2022-05-03

Madhes, Siraha, Mirchaiya

सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ। पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जनाए । उनी सिरहा नगरपालिकाका निवर्तमान मेयर अशेश्वर यादव चढ्दै आएका बा २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ। स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ। अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments